छापा मारेर प्रहरीले पक्रियो चितुवाको छालासहित दुई जनालाई

काठमाडाैं | साउन १९, २०८०

छापा मारेर प्रहरीले पक्रियो चितुवाको छालासहित दुई जनालाई

छापा मारेर प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ।

 

शुक्रबार दिउँसो २ बजे धनगढीको बोराडाडीको एक होटलमा किनबेच गर्न लागिएको अवस्थामा चितुवाको छाला बरामद गरिएको हो। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको सादा पोसाकमा खटिएको टोलीले छालासहित दुई जनालाई पक्राउ गरेको हो।

 

पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–७ का ४८ वर्षीय बामदेव जोशी र डडेल्धुराको परशुराम नगरपालिका–१२ का १७ वर्षीय गोविन्द भट्टराई छन्। उनीहरूले ३ लाख ५० हजार रुपैयाँमा चितुवाको छाला किनबेच गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो।


उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा आवश्यक कारबाहीका लागि पठाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्